नेपाल मेडिकल टुरिजम वोर्ड गठन गर्न माग

नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनले नेपालमा मेडिकल टुरिजम वोर्ड गठन गर्न माग गरेको छ । शुक्रवार संस्थाका अध्यक्ष कृष्ण पाण्डे र प्रवन्ध निर्देशक अर्जुन चन्दले एक प्रेश विज्ञप्ती जारी गदै विश्वब्यापि महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुने स्वास्थ्य र आर्थिक संकटवाट वच्न सरकारले आवश्यक तयारी गर्नु पर्ने भन्दै नेपालमा दिगो स्वास्थ्य सेवाको विकास गर्न मेडिकल टुरिजम वोर्डको आवश्यकता रहेकोले वोर्ड गठन गरि आवश्यक कार्य संचालन गर्न सरकारसंग माग गरिएको छ ।

संस्थाले नेपालमा वैदेशिक ब्यापार घाटादर चुलिदै गएको र शिक्षा तथा स्वास्थ्य सेवाका नाममा वर्षेनि खरवौं रकम विदेश पलायन भैरहेकोले यसको वैकल्पीक ब्यबस्थापनका लागि सरकारले नेपालमै विषेश कार्ययोजना तर्जुमा गरि नेपालको आवश्यकताका आधारमा कलेज तथा अस्पतालहरुको स्थापना गर्न सरकार संग आग्रह गरेकाे छ ।

विज्ञप्तीमा भनिएको छ । पढाई र उपचारका नाममा विदेशिने पैसालाई रोक्न अस्पताल र मेडिकल कलेज स्थापनाका लागि पब्लिक पार्टनसिप मोडालिटिलाई प्रोत्साहन गरि शिक्षा र स्वास्थ्य टुरिजम क्षेत्रको विकासका लागि सरकारले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिईएको छ ।

यसै गरि संस्थाले कोरोना भाईरसले दिर्घरोगी, मुटुरोगी, क्यान्सर, मृगौला तथा कलेजो सम्वन्धी रोग लागेका र रोगप्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई वढि आक्रमन गर्ने भएकाले सचेत रहन र यसको रोगथामका लागि नेपाल सरकार तथा विश्ब स्वास्थ्य संगठन(डब्लु.एच.ओ.)ले तोकिए वमोजिमको मापदण्डमा सामाजिक दुरि कायम गरि कोरोना रोगथाममा सहयोग गर्न आम नेपाली नागरिकहरुमा अपिल समेत गरेको छ ।

नेपालमा पछिल्ला केहि दिनहरुमा कोरोना भाईरसकाे संक्रमनको दर फैलिदै गएकाले यसको रोगथामका लागि सरकारले आवश्यक कदम चाल्नु पर्ने भन्दै संस्थाले सरकारी स्रोत साधनले मात्र नपुग्ने भएकाले पब्लिक तथा प्राईभेट अस्पाताल तथा सम्वन्धीत चिकित्सक, नर्स तथा प्राविधीक र स्वास्थ्यका कर्मचारीहरुलाई आवश्यक सेवा सुविधा प्रदान गरि रोग नियन्त्रण र उपचारमा परिचालनका गर्न समेत माग गरेको छ ।

संस्थाद्धारा जारि प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *