कमजोर बन्यो अम्फान चक्रवातः यस्तो छ तिन दिनको मौसम

हाल बंगलादेशको आसपासमा अवस्थित अम्फान चक्रवात कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आन्शिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि प्रभाव रहने विभागको भनाइ छ।

नेपालका पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

हाल  देशको  पूर्वी भू-भागमा सामान्य बदली, मध्य भू-भागमा आन्शिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार देशको पूर्वी  भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पूर्वी  भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ् र हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

शनिबार पनि देशको  मध्य तथा पूर्वी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी  भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

आईतबार देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका  केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको  सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *