कोरोना तथा मौसमी रोग नियन्त्रण सम्वन्धी स्वास्थ्य अभियान संचालन
वाँठा फाउन्डेशन र सांस्कृतिक तथा पर्यटन विकास केन्द्रले कोरोना तथा मौसमी रोग नियन्त्रण सम्वन्धी स्वास्थ्य अभियान संचालन गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमन तथा मौसमी रोगले मानव जिवनमा पर्ने असरका वारेमा सचेतना फैलाउन यो अभियान संचालन गरिएको हो ।
कोरोना संक्रमन तथा मौसमी रोग र यसवाट वच्न अपनाउनु पर्ने उपायाहरु वारे सचेतनाका साथै स्वास्थ्य परिक्षण तथा उपचार गर्ने उदेश्यले रुकुम (पश्चिम) जिल्लाको अति दुर्गम मानिएको सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा यो अभियान संचालन गरिएको वाँठा फाउन्डेशनका अध्यक्ष नवराज वाँठाले बताउनु भयो ।

एम.वि.वि.एस.डाक्टर सहितको स्वाथ्यकर्मीको समुह गाउँगाउँमा पुगेर स्वास्थ्य परिक्षण तथा उपचार गर्नुका साथै कोरोना संक्रमन तथा मौसमी रोग नियन्त्रण सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन भैरहेको कार्यक्रम संयोजक दिपेश वाँठाले जानकारी गराउनु भयो ।
एक साता अधि देखि संचालन गरिएको यस अभियानमा एक हजार पाँच सय भन्दा वढिले सेवा लिएको वताईएको छ । भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा पहिलो पटक डाक्टर सहितको स्वास्थ्यकर्मीहरु पुग्दा स्थानीयहरु ह्र्षित भएका छन । अहेव तथा एचए लाई नै डाक्टर भन्ने उनीहरु वस्तविक डाक्टरवाट उपचार पाउदा खुसि महसुस गरेको सानीभेरी गाउँपालिका वडा नं. ५ का ९५ वर्षिय गगन सिं वाँठाले भन्नु भयो । डाक्टरवाट उपचार गराउन सदरमुकाम मुसिकोट पुग्नुपथ्र्यो तर कोरोनाले गर्दा गाउँमै डाक्टरवाट उपचार गर्ने मौका पाईयो । निक्कै खुसि लागेको छ ।
जिल्लाका स्थानीय तहहरुमा कोरोनाको तत्काल प्रभाव नदेखिए पनि वर्षे देखि विभिन्न स्वास्थ्य समस्या झेलिरहेका विकट तथा दुर्गम क्षेत्रका नागरिकहरुका लागि भने यो निक्कै महत्वपुर्ण अवसर भएको छ ।
जिल्लामा वसेर उपचार गर्दा सामान्य लागेपनि गाउँमा पुगेर उपचार गर्दा मानव स्वास्थ्य सम्वन्धी जटिलताहरुको वास्तविक कुराको थाहा भएकाे छ । समय समयमा यस्ता अभियानको आयोजना गरेर स्वास्थ्य सेवा वाट वञ्चित भएका नागरिकहरुहरुलाई सेवा प्रवाह गर्न सरोकारवाला निकाय लाग्नुपर्ने अभियानमा सहभागि डा.सत्यम् पाण्डेको भनाई छ ।
पहिलो चरणमा १७ दिनका लागि यो अभियान संचालन गरिएको भएपनि स्थानीयहरुको आवश्यकताका आधारमा थप हुने साँस्कृति तथा पर्यटन केन्द्रका अध्यक्ष पहल सिंह घर्तिले वताउनु भयो । यस अभियानमा स्वास्थ्य सचेतनाका साथै स्वास्थ्य चेकजाचँ, उपचार, निःशुल्क औसधी वितरण तथा कोरोना रोगथामका लागि माक्स, सेनिटाइजर लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ भने डाक्टर, स्टाफनर्स, ल्याव टेक्नीसियन लगायत स्वास्थ्यकर्मिहरु अभियानमा सहभागि छन ।