पशुपति अन्नपुर्णा द्धारा पत्रकारका लागि प्रेस जाकेट प्रदान
पशुपति अन्नपूर्णा आश्रम संस्थाले कोरोना महामारीको विसम अवस्थामा पनि आम नागरिकहरुलाई सुसुचित गरि सामाजिक उत्तरदायित्व निवाह गदै आएको भन्दै पत्रकारहरुको समाचार संकलनमा थप सहजता होस भन्ने उदेश्यले पत्रकारहरुका लागि प्रेस जाकेट प्रदान गरेको छ ।

पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य र संस्थाका प्रवक्ता के.वि.सम्राराटले नेपाल पत्रकार महासंघ काठमान्डौ शाखाका पुर्व जिल्ला अध्यक्ष एवं नेपाल प्रेश काउन्सीलका सदस्य तथा संचार केन्द्रका संयोजक गोविन्द्र प्रसाद चौलागाई लाई ४० थान प्रेस जाकेट प्रदान गर्नु भएको छ ।
लगडाउनका कारण सामाजिक जनजीवन प्रभावित भएकाले स्पष्ट पहिचानको अभावमा पत्रकारहरुलाई पनि समाचार संकलनका लागि समस्या भैरहेकाले प्रेस जाकेटले समाचार संकलनमा जादा थप सहजता ल्याउन मद्दत हुने पशुपति अन्नपुर्णा आश्रम संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले कोरोना संक्रमनको महामारीले विश्व समुदाय प्रभावित भैरहेको वेला पत्रकारहरुले सहि सुचना र वास्तविक जानकारी दिएर समाजमा पु¥याएउने योगदान महत्वपुर्ण रहने भन्दै कोरोना संक्रमनवाट वच्न आवश्यक सुरक्षाका उपाय अपनाएर काम गर्न पत्रकारहरुलाइृ आग्रह गर्नु भयो ।
प्रेस जाकेटले पत्रकारहरुलाई काम गर्न सहज हुने अपिक्षा संस्थाले गरेको छ । प्रेस जाकेट ग्रहन गदै सुचना केन्द्रका संयोजक चौलागाईले संस्था प्रति धन्यवाद तथा अभार ब्यक्त गर्नु भएको छ ।
यस संस्थाले मानीय सेवाका लागि विभिन्न कार्य गदै आएकाेले पत्रकारहरु पनि आम नागरिकहरुलाई सहि सुचना प्रवाह गरेर मानवीय सेवामा याेगदान गरेकाले पत्रकारहरुलाई प्रेस जाकेट प्रदान गरिएको संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यका निजि सचिव सह-प्रा. ई. सुमन मल्ले वताउनु भयाे ।