रुकुम इलेक्ट्रोनिक ब्यापार संघले ब्यावसायी, कर्मचारी र परिवारको विमा गरिदिने

रुकुम इलेक्ट्रोनिक ब्यापार संघले इलेक्ट्रोनिक ब्यावसायी, कार्यरत कर्मचारी, मजदुर र परिवारका सबै सदस्यहरुको कोरोना विमा गरिदिने भएको छ । कार्य समितिको बैठकले निर्णय गरि ब्यापार संघमा आवद्ध सबै ब्यावसायीहरु, यस क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर र तिनका परिवारमा रहेका सबै सदस्यहरुको प्रति ब्यक्ति एक लाख वरावरको कोरोना विमा गरिन लागेको ब्यापार संघले जनाएको छ ।

कोरोनाको जोखिम वढेसंगै ब्यावसायीक क्षेत्रमा देखिएका समस्याहरुको दिगाे समधान गर्न विभिन्न कार्यक्रम संचालन गदै आएको ब्यापार संघले कोरोना संक्रमनवाट वच्न तोकिएका आवश्यक मापदण्ड अपनाएर मात्र ब्यबसायीक कार्य संचालन गर्न सबै ब्यबसायीहरुलाई अनुरोध समेत गरेको छ ।

यसै गरि बैठकले नेपाल सरकार मन्त्रिपरिपद्ले लगडाउन अवधीभरको सबै घरधनीहरुलाई घर भाडा छुट गर्ने गरेको अनुरोधलाई कार्यान्वयन गरि घरभाडा छुट दिन जिल्लाका सबै घरधनीहरुसंग अनुरोध गर्ने निर्णय गरेको छ । इलेक्ट्रोनिक ब्यावसाय संचालन भैरहेका घरधनीहरुले घरभाडा छुट दिने सबै घरधनीहरुलाई संघको तर्फवाट उच्च कदर गदै विषेश सम्मान गर्ने निर्णय समेत गरेको छ ।

लामो समय देखि बजार वन्द हुदा ब्यावसायीक क्षेत्र धरासयी हुने अवस्थामा पुगेकाले सबै ब्यावसायीहरुले आपसी सहकार्य गर्नु परेकाे छ । दिगो ब्यावसायीक विकासका लागि जिल्लाका सबै वस्तुगत संघ तथा समितिहरु संग समन्वय गरि एकिकृत ब्यावसायीक कार्य योजना वनाउने ब्यापार संघका सचिव नवराज वाठाँले वताउनु भयो ।

विश्वब्यापीरुपमा फैलिएको कोरोना संक्रमनले यस जिल्लामा समेत प्रभाव पार्ने भएकाले सचेत रहन र नेपाल सरकार तथा स्वास्थ्य संस्थाहरुले तोकेका मापदण्डको पुर्ण पालना गरि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर मात्र ब्यावसायीक कारोवार गर्न पनि ब्यापार संघले सबै ब्यावसायीहरुसंग अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *