चौरजहारी घटना छानवीन गर्न ससंदिय समिति गठन भएको प्रति पूर्वमन्त्री शाहको सकारात्मक प्रतिकृया

नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले चौरजहारी घटनाको छानवीनका लागि संसदिय समिति गठन हुनु सकारात्मक भएको वताउनु भएको छ । घटनाको वास्तविक छानविन गर्न संसदिय समिति गठन गर्न माग गदै आउनुभएका शाहले संसदिय समिति गठन भएसंगै आम सर्वसाधारणमा सकारात्मक आशा जगाएको वताउनु भएको हो ।

जातकै कारण कुनै समुदायको मान्छे मारिनु मानव सभ्यता माथिकै लज्जाको विषय भएकाले आगामी दिनहरुमा यस्ता घटनाहरु दोहरिन नदिन अपराधमा संग्लन सबैलाई हदै सम्मको कारवाहि गर्नु पर्ने र पिडित परिवारलाई न्याय र राहातको अनुभुति गराउनु तत्काल आवश्यक भएकाले यस विषयमा संसदिय समितिले सकारात्मक भुमिका खेल्ने कुरामा आफु विश्वस्त रहेको भन्दै शाहले न्यायीक छानवीनका लागि आफुले पनि सकारात्मक भुमिका निर्वाह गर्ने वताउनु भएको छ ।

यस घटनाले समग्र मानव जातिलाई नै स्तब्ध वनाएकाले अपराधमा संग्लन कसैलाई पनि जोगाउन नहुने भन्दै राजनितक हस्तक्षेप गरि हत्यारा जोगाउनु खोज्नु निकै दुखद हो । शाहले भन्नु भयो राजनितिक शक्तिको दुरुपयोग गरि अपराधिलाई जोगाउन गरिएका प्रयासहरुको प्रभावमा नपरि संसदिय समितिले सत्यतथ्य पत्ता लगाएर पिडित परिवार र आम नागरिकलाई मानव अधिकार र कानुन प्रति आश्वस्त वनाउने अपिक्षा हामीले गरेका छौ ।

शाहको गृह क्षेत्र समेत रहेको रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते अन्तजातिय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका –४ रानागाउँका नवराज बि.क.,गणेश वुढा, लोकेन्द्र सुनार, सन्जु वि.क.,गोविन्द शाहि र चौरजहारी न.पा.१ का टिकारामा सुनार को बिभत्स रुपमा गरिएको हत्या घटना मानवता विरोध भएको भन्दै उहाँले यस घटनाको सत्यतथ्य पत्ता लगाउन र अपराधमा संग्लनलाई कानुनी दायरामा ल्याउन सबैले सकारात्मक भुमिका खेल्नु पर्ने र यस न्यायिक छानविनका लागि आवश्यक सहयोग गरिदिन सरोकारवाला सबैमा आग्रह समेत गर्नु भएको छ । केहि अधिकारवादि संस्थाहरुले छानवीन गरे पनि संसदिय समितिले गर्ने छानविनले कानुनी शासनको थप प्रत्याभुति गराउने शाहको विश्वास छ ।

सोमवार संसद्ले देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुन्के, प्रकाश रसाइली (स्नेही), विमला वि क, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव छन् । सभामुखको निर्देशनमा रहेर आफ्नो कार्यविधि तय गर्न सक्ने समितिलाई ३० दिनको समयावधि दिइएको छ । आवश्यक देखेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन सक्ने वा समितिमा आमन्त्रण गर्न सक्ने सुविधा पनि समितिलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *