कर तिर्न सरकारले गरेको निर्णय तत्काल सच्याउन ब्यावसायीहरुको माग

२० जेठ, काठमाडौं । सरकारले लकडाउनका बेला कर तिर्न ताकेता गरेको भन्दै उद्योगी–व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल मदिरा ब्यावसायी महासंघले कर असुल गर्न जारि गरेको पछिल्लो सुचना प्रति आपत्ती जनाएको छ । लामो समय देखिको लगडाउनका कारण ब्यावसाय धरासयी भएकाले तत्काल कर तिर्न नसकिने महासंघले जनाएको हो । सरकार आफैंले लकडाउन बढाउने र लकडाउनकै बेला कर तिर्न आइज नत्र ब्याज, हर्जना लगाउँछु भन्नु न्यायोचित नभएको उद्योगी–व्यवसायीहरुको भनाई छ ।

कोरोना संकट वढेपछि विश्वका धेरैजसो देशहरुमा लगडाउनमा पनि मदिरा तथा मदिराजन्य ब्यावसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमनका लागि सरकारले तोकेको मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग ब्यबसायीहरुले गरेपनि सरकारले यस विषयमा चासो दिएको छैन ।

लकडाउन लम्बिएपछि करदाता ब्यावसायीहरु बैंक वा कर कार्यालय सम्म पुग्न पाएका छैनन् । ब्यावसाय वन्द भएपछि आर्थिक गतिविधिहरु समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्ने माग उद्योगी तथा व्यवसायीहरुको छ । यस्तो समस्यामा पनि सरकारले राजस्वलाई नै बढी प्राथमिकतामा राखेर करको डण्डा लगाउन खोजेको आरोप उनीहरुको छ । ब्यावसाय संचालन नगरि कर मात्र असुल गर्ने कुरा न्यायोचित नभएको ब्यावसायी महासंघले जनाएको छ ।

ब्यावसायीहरुको समस्याहरुको समधान गर्न पहल गर्नुपर्ने वेला कर तिर्न गरेको निर्णय निकै दुखद भएको महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो । ‘यस्तो बेलामा राज्यले केही सहुलियत ल्याउनुपर्ने थियो ल्याएन, न ब्याजमा उचित छुट दिइयो र घरभाडा नै छुट भयो ।’ उहाँले भन्नु भयो ‘लकडाउनकै बेला कर तिर्न दिएको दवावले ब्यावसायीहरुमा थप चुनौति थपिदिएको उहाँको भनाई छ ।

लामो समय देखि मदिरा ब्यावसाय वन्द हुदा मदिराको अवैध कारोवारो वढेसंगै सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, निरन्तर ब्यावसाय वन्द भएपनि घरभाडा र बैकंको ब्याज तिर्नु पर्ने बाध्यताले ब्यावसाय धरासायी भएको, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यावसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षति पुग्ने लगायतका कारण तत्कालै मदिरा ब्यवसाय संचालन हुनु पर्ने माग सहित नेपाल मदिरा ब्यबसायी महासंघको अगुवाईमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय लगायत देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र वझाएको भएपनि यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन । ब्यावसायीका समस्यामा चासो नदिने सरकारले कर मात्र असुल गर्न खोज्नु अब्यावहारिक भएको ब्यावसायीहरुको गुनासो छ ।

कर तिर्न सरकारले गरेको निर्णय तत्काल सच्याउन महासंघले माग गरेको छ । सरकारले गरेको निर्णयको विरोध गदै नेपाल मदिरा ब्यावसायी महासंघको अगुवाईमा काठमान्डौ, ललितपुर र भक्तपुर जिल्ला संघको सहभागितामा आन्तरिक राजस्व विभागमा ज्ञापन पत्र वुझाईने महासंघले जनाएको छ । निर्णय नसच्चिए आन्दोलन गरिने ब्यावसायीहरुको भनाई छ ।

मंगलबार सरकारले सार्वजनिक सूचना प्रकाशित गर्दै सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले बैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । लकडाउन नै ३२ गते सम्म जारी रहने अवस्थामा उद्योगी व्यवसायीहरु गएर कर तिर्न सम्भव नभएको पनि महासंघको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *