अन्तराष्ट्रिय समितिको संरक्षक पदमा सह–प्रा.लामा मनोनित
श्री पशुपति अन्नपुर्णा आश्रम संस्थाको अन्तराष्ट्रिय समिति (सयुक्त राज्य अमेरिका)को संरक्षक पदमा सह–प्रा.अमृत लामा मनोनित हुनु भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले सह.प्रा.लामालाई संरक्षक पदमा मनोनित गर्नु भएको हो ।
विश्व समुदायमा रहेका नेपालीहरुलाई जोड्ने नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलका केन्द्रिय अध्यक्ष समेत रहनु भएका लामाले नेपालीहरु भावनालाई जोड्न विश्व ब्यापी रुपमा खेल्नु भएको भुमिको उच्च सम्मान गदै यस संस्थाको अन्र्तराष्ट्रिय समिति (सयुक्त राज्य अमेरिका)को संरक्षक पदमा मनोनयन गरिएको पशुपति अन्नपुर्णा आश्रम संस्थाको केन्द्रिय कार्यालयले जनाएको छ ।
कलाकारीता र समाज सेवामा विषेश रुची भएका लामाले नेपाल र नेपालीको विकासका लागि अन्र्तराष्ट्रिय रुपमा विभिन्न कार्य गदै आउनु भएको छ ।
संसारभर फैलिएर रहेका सबै नेपालीहरु लाई एकतावद्ध वनाएर नेपालीहरुको हक, हित र अधिकारको प्रर्वद्धन गर्नुका साथै नेपालको दिगो विकासमा समेत योगदान गर्न स्थापना भएको हामी नेपाली ग्लोवल संस्थाका संस्थापक समेत हुनुहुन्छ ।
विश्वका २५ भन्दा धेरै मुलुकहरुमा शाखा कार्यालय स्थापना भैसकेको यस संस्थाले मानवीय सेवाका विभिन्न कार्य गदै आएको छ ।
मानव कल्याण, मानवीय सेवा र नेपाली समाजको दिगो विकासका लागि समेत मिलेर काम गर्न दुवै संस्थाले सहकार्य गर्ने योजना समेत भैरहेको वताईएको छ ।
नेपालका सातै प्रदेश, ७७ वटै जिल्ला र विश्वका विभिन्न मुलुकहरुमा समेत संस्थागत संरचना भएको पशुपति अन्नपुर्ण आश्रम संस्थाले गरिव तथा विपन्न परिवारहरुका लागि निःशुल्क भोजन तथा खाध्यान्न, लत्ताकपडा, विभिन्न विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु, साँस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न कार्यहरु आएको छ भने सन्तुलित र रचनात्मक जिवनशैलीका लागि विभिन्न सचेतना मुलक कार्यक्रमहरु समेत संचालन गदै आएको छ ।
पशुपति अन्नपुर्णा आश्रम संस्था र हामी नेपाली ग्लोवल विच आगामी दिनमा नेपालको कृषि तथा सामाजिक विकासका लागि सहकार्य गर्न आवश्यक तयारी भैरहेको छ ।
नेपालको विकासका लागि दुवै संस्थाका उदेश्यहरु साझा भएकाले सहकार्य गर्न लागिएको दुवै संस्थाका पदाधिकारीहरुले वताएका छन ।