केन्द्रिय अध्यक्ष प्रा.डा.बैद्यद्धारा विरामीलाई आर्थिक सहयोग

श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा हामी नेपाली ग्लोवल(सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्र्तराष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्यले कोरोना प्रभावित प्रदेश नंं २ का गरिव तथा विपन्न विरामीहरुका लागि रु.पचास हजार आर्थिक तथा विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

कोरोना संक्रमन भएर विरगंज अस्पतालमा भर्ना भएका गरिव तथा विपन्न विरामीहरुको आवश्यक उपचार खर्च ब्यस्थापन गर्नका लागि उक्त सहयोग गरिएको अन्तराष्ट्रिय समासेवी प्रा.डा.बैद्यका निजी सचिव सह–प्रा.ई.सुमन मल्लले जानकारी दिनु भयो ।

रु पचास हजारको चेक तथा २ थान आधुनिक फोल्डिङ स्टेचर, १५०० थान माक्स सहित विभिन्न स्वस्थ्य सामग्रीहरु पत्रकार राजु श्रेष्ठ मार्फत प्रदेश नंं २ का लागि प्रा.डा.बैद्यले हस्तान्तरण गर्नु भएको हो ।

नेपालका सातै प्रदेश, ७७ वटै जिल्ला र विश्वका विभिन्न मुलुकहरुमा संस्थागत संरचना भएको यस संस्थाले गरिव तथा विपन्न परिवारहरुका लागि निःशुल्क भोजन तथा खाध्यान्न, लत्ताकपडा, विभिन्न विद्यालय र गुरुकुलहरुलाई शैक्षिक सामग्रीहरु, साँस्कृतिक सम्पदाको संरक्षणका लागि देवीहरुका मुर्ति तथा पञ्चधातुको घण्ट समेत वितरण गदै आएको छ भने सन्तुलित र रचनात्मक जिवनशैलीका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु समेत संचालन गदै आएको यस संस्थाले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमन प्रभावितहरुका लागि राहत तथा उद्धार सामग्रीहरु वितरण गदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *